ग्रेट हल अफ द पिपलमा चिनियाँ राष्ट्रपति शी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता शुरु

बेइजिङ, असार ६ । चीनको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच भेटवार्ता शुरु भएको छ । चीनको ग्रेट हल अफ द पिपलमा राष्ट्रपति सिसँग प्रधानमन्त्रीले भेटवार्ता गरेका हुन् ।

यसअघि प्रधानमन्त्री ओली बेइजिङस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा सहभागी भएका थिए भने अब प्रम ओलीले भोलि चिनियाँ समकक्षी लि खछ्याङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

बेइजिङस्थित हिल्टन होटलको देउताइ स्टेट गेष्टहाउसमा बसेका प्रधानमन्त्री ओलीको उपस्थितिमा बुधबारै दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी विभिन्न आठ परियोजना निर्माण गर्ने विषयमा दुई पक्षीय सम्झौता भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *