धरानः लागुऔषध सहित दुई जना पक्राउ

धरान, असार ६ । सुनसरीको धरान उपमहानगरपालिका वडा नं ८ तिनकुनेबाट प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका रन्जित मल्लिक र समिर खान रहेका छन् । उनीहरुको साथबाट १८० थान नाइट्रोसन ट्याब्लेट, १ बोतल कोरेक्स र १० थान स्पासमोप्रोक्सिवन क्याप्सुल बरामद भएको ईलाका प्रहरी कार्यालय धरानका प्रमुख रामेश्वर पौडेललले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको पौडेलले बताएका छन् ।

उता प्रहरीले सुनसरीको ईटहरी ४ हलगढाबाट दुई किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालयको टोलीले ईटहरी ४ बस्ने ३० वर्षीय सुरेश कोईरालाको घरबाट दुई किलो चार सय तीस ग्राम गाँजा र १५ थान नाइट्रोसन ट्याब्लेट सहित उनलाई मंगलबार नियन्त्रणमा लिएको हो ।

कोइरालाको घरमा लागुपदार्थ बेचबिखन हुने गरेको भन्ने विशेष सुचना पाएपछि मंगलबार बिहान सादा पोशाकका प्रहरीले घर तलाशी गर्दा लुकाई राखेको अवस्थामा सो लागुऔषध बरामद भएको थियो ।

बरामद लागुपदार्थसहित कोइरालालाई इलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *