हेटाैंडा: कांग्रेस जिल्ला सभापतिहरूको राष्ट्रिय भेलामा आज देखि छलफल शुरु

हुटाैंडा, असार ६ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा आजबाट छलफल शुरु हुँदैछ । निर्वाचनमा बेहोरको पराजयको समिक्षा गर्दै, भावी रणनीति तय गर्ने विषयमा छलफल हुनेछ ।

हिजो देखि शुरु भएको जिल्ला सभापतिहरूको राष्ट्रिय भेलामा कांग्रेस शीर्ष नेताहरूले आन्तरिक एकताको संकल्प गर्नुपर्ने धारणा राखे  थिए ।

तर, उद्घाटन कार्यक्रममै गुटगत विभाजन र नेताहरूबीचको मनमुटाव स्थिति देखिएको थियो ।नेताहरूले प्रदेशगत रूपमा जिल्ला सभापतिहरूलाई छुट्टाछुट्टै भेटेर छलफल गरिरहेका छन् ।

भेलाबाट निस्किँदा पार्टी एकढिक्का भएको सन्देश व्यवहारले नै दिनुपर्ने जोड उनीहरूको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eighteen =