विश्वकप २०१८ : कोलम्बियाविरुद्ध जापानको जित

काठमाडौं,असार ५ । रसिया विश्वकप २०१८ अन्तर्गत समूह ‘एच’ को पहिलो खेलमा कोलम्बियालाई जापानले २-१ ले पराजित गरेको छ ।

खेलको छैठौं मिनेटमा जापानका स्निजी कागावाले पेनाल्टीमा गोल गरेर अग्रता दिलाएका थिए । १० खेलाडीमा सीमित भएको कोलम्बियाका लागि खेलको ३१ औं मिनेटमा जुआन फर्नान्डो क्विन्टेरोले बराबरी गोल फर्काएका थिए ।

जापानका युया ओसाकाले खेलको ७३ औं मिनेटमा निर्णायक गोल बनाउन सफल भए । कोलम्बियाका कार्लोस सान्चेज खेलको तेस्रो मिनेटमै रातो कार्ड पाएर बाहिरिएका थिए ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *