प्रधानमन्त्री ओली चीनको ६ दिने राजकीय भ्रमणका लागि बेईजिङ प्रस्थान

काठमाडौं, असार ५ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको ६ दिने राजकीय भ्रमणका लागि बेईजिङ प्रस्थान गर्नुभएको छ । मन्त्रिमण्डलका ४ जना प्रभावशाली मन्त्रीसहित १ सय १९ सदस्यीय प्रतिनिधीमण्डलको नेतृत्व गर्दै ओली केहिबेरअघि चीन उड्नु भएको हो ।

समकक्षी ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री ओली दोस्रो पटक उत्तरको भ्रमणमा निस्कनुभएको हो । दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि यो उहाँको दोस्रो बिदेश भ्रमण हो । ओलीले चैत्र अन्तिम साता भारतको भ्रमण गर्नुभएको थियो ।

प्रधानमन्त्रीमा निर्वाचित भएको चार महिना पछि बेईजिङ उडेका ओलीले भोलीबाट महत्वपुर्ण राजनीतिक भेटवार्ता सुरु गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली र राष्ट्रपति सी जिनपिङबीच स्थानीय समयानुसार भोली अपरान्ह ४ बजे राजनितिक भेटवार्ता हुनेछ ।

ग्रेट हल अफ द पिपुलमा झण्डै ४५ मिनेटको छलफल हुने बताईएको छ । समकक्षी ली र ओलीबीचको छलफल भने बिहीबार हुनेछ । लीसँग बिहीबार अपरान्ह ५ बजे भेटवार्ताको समय तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

लगत्तै प्रधानमन्त्री ओली चिनियाँ जनमुक्ति सेनाले प्रदान गर्ने गार्ड अफ अनरमा सहभागी हुनुहुनेछ । त्यसपछि दुबै देशका प्रतिनिधिमण्डलबीच १ घण्टा औपचारिक वार्ता हुनेछ । सो वार्तामा दुई मुलुकबीच बिभिन्न सम्झौतामा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसबाहेक प्रधानमन्त्री ओलीले पर्सी अन्य महत्वपुर्ण भेटवार्ता गर्नुहुनेछ । बिहीबार राती ओली चिनियाँ नेशनल कंग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ ।

बेईजिङको महत्वपुर्ण भेटघाटपछि ओली नेतृत्वको टोली शुक्रबार तिब्बतको ल्हासा जानेछ । ३ दिनको तिब्बत बसाईका क्रममा ओलीले बिभिन्न पक्षसंग छलफल गर्नुहुनेछ ।

त्यस्तै तिब्बतमा रहेका परियोजनाको पनि अवलोकन गर्ने कार्यक्रम छ । ओली नेतृत्वको टोली आईतबार काठमाडौं फर्कने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *