वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन

काठमाडाैं, असार ४ । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। सोमबार साँझ ५ बजेर ३५ मिनेटमा उनको निधन भएको अस्पताल प्रशासनले बताएको हो ।

पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको वासवारी स्थित न्यूरो अस्पतालमा निधन भएको हो। बेलायतमा ६ महिना भन्दा लामो उपचार गरे पनि निको नभएपछि देवकोटालाई बैशाख पहिलो साता नेपाल ल्याइएको थियो।

त्यस पछि उनले नै स्थापना गरेको न्यूरो अस्पतालमा उपचार गरिएको थियो। पछिल्लो समय रोगले च्याप्दै लगेपछि देवकोटाको अधिकांश अंगले काम गर्न छोडिसकेको थियो।

२५ वर्ष वीर अस्पतालमा सेवा गरेका देवकोटाले नेपालमा न्यूरो सर्जरी सेवालाई विस्तार र विकास गर्न महत्वपूर्ण योगदान गरेका थिए।

डा. उपेन्द्र देवकाेटा पूर्व स्वास्थ्यमन्त्री पनि हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 16 =