विश्वकप: पराजयसँगै विश्वकपको सुरुवात गरेको जर्मनी मेक्सिकोसँग स्तब्ध

काठमाडौं, असार ४ । विश्व विजेता जर्मनीले पराजयसँगै विश्वकपको सुरुवात गरेको छ । समुह चरणको पहिलो खेलमा जर्मनी मेक्सिकोसँग १–० ले स्तब्ध भएको हो ।

मेक्सिकोलाई जित दिलाउन हिरभिङ लोजानोले निर्णायक गोल गरे । लोजानोले खेलको ३४ औ मिनेटमा गोल गर्दै मेक्सिकोलाई महत्वपूर्ण जित दिलाए ।

यो जितसँगै समूह एफमा रहेको मेक्सिकोले ३ अंक जोडेको छ । र, मेक्सिकोले दोस्रो चरणमा पुग्ने सम्भावनालाई कायम राखेको छ ।

यता, जर्मनीलाई दोस्रो चरण प्रवेशको लागि अन्य खेल जित्नै पर्ने दबाब बढेको छ । यो समूहमा स्विडेन र दक्षिण कोरिया छन् । दुई टोलीबीचको खेल सोमबार हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + eight =