नारायणगढ-मुग्लिन सडकमा पहिरो खस्यो,मुग्लिनमै सवारी साधन रोकिए
२०७४ जेठ १५ गते

“
चितवन,असार,३ । नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका ६ स्थित जलविरे मार्गमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ। आइतबार साँझ पौने ६ बजेबाट बाटो अवरुद्ध भएको हो।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मबहादुर केसीका अनुसार पानी परेपछि ठूलो पहिरो जाँदा बाटो अवरुद्ध भएको हो । पहिरोसँगै रुख र बिजुलीको पोल पनि ढलेका छन् ।
मुग्लिनमै सवारी साधनलाई रोकिएको प्रहरीले जानाएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








