विश्वकप: नाइजेरियामाथि क्रोएसियाको शानदार जित

काठमाडाैं, असार ३ । रसियामा जारी विश्वकपमा क्रोएसियाले नाइजेरियालाई पराजित गरेको छ। आइतबार बिहान सकिएको समूह ‘डी’ को खेलमा क्रोएसियाले नाइजेरियालाई २-० गोलले पराजित गरेको हो।

खेलको ३२ मिनेटमा क्रोएसियाले अग्रता लियो। अग्रता भने क्रोएसियाले आत्मघाती गोलबाट लियो। मारियो मान्जुकिकको हेड बललाई रोक्ने क्रममा नाइजेरियाका इटोबोको खुट्टामा डिफ्लेक्ट हुँदै पोस्टमा छिरेको थियो।

७१ मिनेटमा क्रोएसियाले अग्रता दोब्बर पार्‍यो। क्रोएसियाका मान्जुकिकलाई नाइजेरिकाका इकोङले डिबक्स भित्र लगाएपछि क्रोएसियाले पेनाल्टी पाएको थियो। पेनाल्टीमा लुका मोड्रिकले गोल गर्दै क्रोएसियालाई २-० गोलले अघि बढाए।

जितसँगै क्रोएसिया समूह डीमा पहिलो स्थानमा उक्लियो। यसअघि समूहको खेलमा अर्जेन्टिनालाई आइसल्यान्डले १-१ गोलको बराबरीमा रोकेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 6 =