आइएमईले चौथो अन्तर्राष्ट्रिय पारिवारिक विप्रेषण दिवस मनायो,पोखरामा  प्रभात फेरी

पोखरा, असार, २ । चौथो अन्तर्राष्ट्रिय पारिवारिक विप्रेषण दिवसको अवसरमा आइएमईले पोखरामा शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना गर्यो ।

प्रवासी/आप्रवासी नागरिकहरूले परिवारको लालन पालन र आफु जन्मेको देशको दिगो आर्थिक विकासमा रेमिटेन्स मार्फत पुर्याउँदै आएको महत्त्वपूर्ण योगदानको सम्मानमा सन् २०१५ देखि हरेक जुन १६ मा यो दिवस मनाउँदै आइएको छ ।

समग्र विश्वको विकासका लागि रेमिटेन्सको मिलेर उपयोग गर्न नागरिक समाज, नीजि र सार्वजनिक क्षेत्रलाई प्रेरणा प्राप्त होस् भन्ने उद्देश्यका साथ यो दिवस मनाउन थालिएको आइएमईग्रुपका जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेलले जारी गरेको प्रेस विज्ञप्तीमा जनाईएको छ ।

‘सुरक्षित रेमिटेन्सका लागि आधिकारिक माध्यम नै प्रयोग गरौँ’ भन्ने नारा अंकित प्लेकार्ड बोकेर गरिएको प्रभातफेरीमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रवन्धनिर्देशक हेमराज ढकाल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल आइएमईका व्राण्ड एम्बासडर दिपकराज गिरी र दीपा निरौला लगायत आइएमईका व्यावसायिक साझेदार एवम् आइएमई ग्रुपमा कार्यरत उच्चपदस्थ कर्मचारीहरू सहित करिव २ सय जनाको उपस्थिती रहेको थियो ।

पोखरा बिरौटास्थित पोखरा ग्राण्ड होटलबाट शुरु भएको प्रभातफेरी मुस्ताङ्गचोक हुँदै पृथ्वीचोकबाट पुनः होटलमा आइ समापन भएका थियो ।

आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १८औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ७४ आइएमई सेन्टरसहित ७५ जिल्लाका ७ हजार ५ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दु:ख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − five =