अात्मघाती गाेलले माेरक्काे माथि इरानकाे जित

असार १, काठमाडाैं । रसियामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत शुक्रबार दोस्रो दिनको दोस्रो खेलमा इरान विजयी भएकाे छ । सेन्ट पिटर्सबर्ग रंगशालामा भर्खरै सम्पन्न माेरक्काेकाे र इरान विचकाे खेलमा अात्मघाती गाेल मार्फत इरान विजयी भएकाे हाे ।

खेलकाे ९० अाै मिनेट पछि थप गरीएकाे समयकाे ५ अाैं मिनेटमा माेरक्काेका अजिज बौहादौजले अाफ्नै पाेस्टमा गाेल गरे । सुरुआती समयमा मोरक्को टिम इरानमाथि हाबी देखिएको थियाे ।

खेलको १९ औं मिनेटमा मोरक्कोको कडा प्रहारलाई इरानका किपरले उत्कृष्ट बचाउ गरेका थिए। २६ औं मिनेटमा मोरक्कोको कडा प्रहारलाई इरानका डिफेन्डरले रोकेका थिए। किपर बिट भइसकेको अवस्थामा डिफेन्डरले उत्कृष्ट बचाउ गरे।

 

पहिलो हाफको अन्त्यतिर इरानका कडा प्रहारलाई मोरक्कोका रक्षककले बचाउ गरे। खेलको ४३औं मिनेटमा इरानका खेलाडीले वान भर्सेस वान बललाई गोल गर्न सकेनन्।

यी दुई टिम पाँचौंपटक आमनेसामने भएका हुन्। यसअघिका चार भिडन्तमध्ये तीनमा मोरक्कोले जीत हात पारेको थियो। अन्तिमपटक सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप फुटबलमा भने इरानले बाजी मारेको थियो।

मोरक्कोले सन् २०१२ मा जिम्बाबे र सन् २०१५ मा आइभरी कोस्टलाई अफ्रिकन कप अफ नेसन्समा विजयी बनाएका हर्भ इनार्डलाई कोच बनाएको छ।


अर्कोतर्फ इरान विश्वकपका लागि एसियाबाट छनोट हुने पहिलो टोली हो। उज्बेकिस्तानलाई २(० ले हराएर गत वर्ष इरानले विश्वकप सहभागिताको ढोका खोलेको थियो। दुई चरणको विश्वकप छनोटका १८ खेलमा इरान अपराजित रह्यो। यद्यपी उसले ९ खेलमा गोलरहित बराबरी खेलेकाे थियाे ।

इरानले सिरिया विरुद्ध २-२ को बराबरी खेलेको थियो। इरानको यो पाँचौ पटकको विश्वकप सहभागिता हो। सन् २०१४ मा इरानले कुनै पनि खेलमा जीत हात पार्न सकेकाे थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *