करेन्ट लागेर २० वर्षीय साउदको मृत्यु

बाजुरा, असार १ । बाजुराको बडिमालिका नगरपालिका–४ तिपाडामा आज विद्युत्को खम्बाबाट करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही नगरपालिका–५ का २० वर्षीया जनकबहादुर साउद रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार तिपाडा बजारमा आएका बेला साउदले विद्यत्को खम्बामा हात लगाउँदा करेन्ट लागेर मृत्यु भएको प्रहरी प्रमुखले बताए । मृतक साउदको शव परीक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालयमा ल्याइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − four =