इजिप्टका लागि स्वारेज उरुग्वेका लागि सलाह टाउको दुखाई

असार १, काठमाडौं । विश्वकप फुटवलको दोस्रो खेलमा आज दक्षिण अमेरिकी राष्ट्र उरुग्वे र अफ्रिकी राष्ट्र इजिप्ट आमने सामने हुँदैछन् । आज बेलुकी नेपाली समय अनुसार ५ः४५ मा यी दुई टिम आमनेसामने हुनेछन् ।

२८ वर्षपछि विश्वकपमा फर्किएको इजिप्टका लागि उरुग्वेका स्टारद्धय लुईस स्वारेज र काभानी ठूलो चुनौति हुन् । भने, उरुग्वेका लागि लिभरपुलका स्टार मोहम्मद सलाह ठूलो चुनौति हुन् ।

दुवै देशले दोस्रो चरणमा पुग्नका लागि आजको खेल जित्नुपर्ने दवाव छ । गएको विश्वकपमा प्रि–क्वार्टरफाइनलसम्मको यात्रा मात्रै तय गर्न सकेको उरुग्वेले यसपटक उपाधी जित्ने आधार नभएपनि क्वाटरफाइनल सम्म पुग्ने आशा गरिएको छ ।

उरुग्वेसँग अग्रपङ्तिमा लुइस स्वारेज, एडिन्सन काभानी र क्रिष्टियन स्टुआनी जस्ता खेलाडीहरु रहेका छन् । मिडफिल्डमा कार्लोस साञ्चेज र रोड्रिगा छन् । डिफेन्समा कप्तान डिएगो गोडिन म्याक्सी पेरेरा र मारिया गिमनेजको साथ रहेको छ । स्वारेजले यस सिजनको ला ५१ खेलमा ३४ गोल र १५ असिस्ट गरेका छन् ।

उरुग्वे सन् २०१० को विश्वकपमा सेमिफाइनलमा पुग्न सफल भएको थियो । भने, दुई पटक विश्वकप उचाली सकेको देश हो । उरुग्वेका स्वारेज र काभानी इजिप्टका लागि टाउको दुखाई हुन सक्छन् । यी दुईले क्लब फुटवलमा यतिबेला आफ्नो जादू देखाईसकेका छन् ।
इजिप्ट विश्वकपको लागि निकै उत्साहित टोली हो । दक्षिण अफ्रिकाबाट रसिया विश्वकपमा छनोट हुने दोस्रो टोली पनि भएकोले इजिप्ट जसरी पनि दोस्रो चरणमा पुग्न आजको खेल जित्न चाहन्छ ।

इजिप्टका मुख्य फरवार्ड सलाह च्याम्पियन्स लिगको फाइनलमा घाइते हुँदा इजिप्टका लागि चिन्ताको विषय बनेको थियो, तथापि, उनी पूर्णरुपमा फिट भईसकेको बताईएको छ । सलाहले लिभरपुलका लागि पहिलो सिजनमै खेलिएका ५६ खेलमा ४६ गोल गर्दै टोलीलाई च्याम्पियन्स लिग फाइनलसम्म पनि र्पुयाएका थिए । तर सोही खेलमा चोट ग्रस्त भएका थिए ।

इजिप्टले सात पटकको अफ्रिकी कप अफ नेसन्सको उपाधि उचालिसकेको छ । इजिप्टका लागि मोहम्मद सलाहले विश्वकप छनोट चरणको ६ खेलमा ५ गोल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *