काठमाडौँ शहरलाई के भन्दैछन् प्रधानमन्त्री ओली !

काठमाडौँ, असार १ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ कुरुप भएको विश्लेषण गरेका छन् । राजधानीको भृकुटीमण्डपमा आजदेखि शुरु भएको सातौँ प्रोपटी एक्स्पोमा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौ अव्यवस्थित निर्माण र बसोबासका कारण कुरुप भएको बताएका हुन् ।

कार्यक्रममा उनले भने, काठमाडौँ शहर अव्यवस्थित र निर्माण व्यवसायीले थुपारेको काम नलाग्ने इट्टाको थुप्रो जस्तो भएको छ ।

सरकार व्यवसायी मिलेर अब रिलोकेट बस्ती बनाउनुपर्ने आवश्यक्ता औल्याउँदै प्रम ओलीले भने, सरकारले निर्माण व्यवसायीलाई कुन ठाउँमा विकास गर्न दिने भन्ने स्पष्ट व्यवस्था नगरिदिएकाले ऐतिहासिक शहर काठमाडौ कुरुप बनेको हो ।

साथै, देशमा अब शुसासन र विकासको आवश्यकता रहेकाले यसका लागि कानुन र संविधान नै संशोधन गर्न परे पनि आफुहरु तयार रहेको उनले भने । राजनीतिक परिवर्तनलाई सम्पूर्ण रुपमा संस्थागत गरिसकेको बताउँदै उनले अब शुशासन र विकासबाट समृद्ध नेपाल बनाउने अवसर आएको उल्लेख गरे ।

यता, घरजग्गा व्यवसायीहरुले घरजग्गा विकासमा सरकारले सहयोग गर्न आग्रह गरे । उनीहरुले विदेशी नागरीकले सहज रुपमा अपार्टमेन्ट खरिद गर्न पाउने भनिएपनि त्यसको कार्यान्वयन नभएको भन्दै सहज कार्यान्वयनको लागि सरकारसँग माग गरेको छ । जग्गा विकासतर्फ कर्जा र सुरक्षणको अनुपात ६० प्रतिशत पुर्याउन पनि उनीहरुले माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 6 =