नेकपाको पहिलो स्थायी कमिटी बैठक शनिबार, यस्ता छन् छलफल एजेण्डा:

काठमाडौँ, असार १ । नेकपाको पहिलो स्थायी कमिटीको बैठक शनिबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो स्थायी कमिटी पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सल्लाह पश्चात् नेकपाको पहिलो बैठक तय भएको हो ।

बैठकका लागि चारवटा एजेण्डा तय भएको छ भने स्थायी कमिटीको पहिलो बैठकलाई दुवै अध्यक्षले सम्बोधन गर्नेछन् ।

त्यस्तै महासचिव बिष्णु पौडेलले यसबीचमा भएका संगठनात्मक कामको विवरण स्थायी कमिटीमा पेश गर्नेछन् ।

नियमावलीको मस्यौदा स्थायी कमिटी सदस्यहरुलाई दिइसकिएको छ । उनीहरुलाई आवश्यक सुझाव सहित बैठकमा उपस्थित हुन भनिएको छ ।

बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणको बारेमा पनि छलफल हुनेछ । नेकपाको ४५ सदस्यीय स्थायी कमिटी गठन भएपछि बस्न लागेको यो पहिलो बैठक हो ।

स्थायी कमिटी बैठकअघि ९ सदस्यीय केन्द्रीय सचिवालयको बैठक पनि बालुवाटारमै बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 4 =