बिम्स्टेक शिखर सम्मेलन भदौ १४ र १५ गते

काठमाडौँ, जेठ,३१। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौँमा आयोजना हुने भएको छ ।

बिम्स्टेकको अध्यक्ष मुलुक नेपालले केही साताअघि शिखर सम्मेलनका लागि प्रस्ताव गरेको उक्त मिति सदस्य राष्ट्रले अनुमोदन गरेका हुन् ।

परराष्ट्र मन्त्रालयमा विहिबार आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भने, “शिखर बैठकका निम्ति नेपालले प्रस्ताव गरेको मितिप्रति सदस्य देशले सहमति जनाएका छन् ।”

बिम्स्टेकमा मा नेपाल, भारत, बंगलादेश, भूटान, म्यान्मार, थाइल्याण्ड र श्रीलंका सदस्य राष्ट्र छन् । सदस्य राष्ट्रका सरकार प्रमुख वा राष्ट्राध्यक्ष शिखर बैठकमा सहभागी हुनेछन् ।

बिम्स्टेक दक्षिण एशियाली र दक्षिण पूर्वी एशियाली सात राष्ट्रको उप-क्षेत्रीय समूह हो ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 10 =