भारतीय जनता दलका नेता माथि गाेली प्रहार, वीपी प्रतिष्ठानमा उपचार हुँदै

“
जेठ ३१, धरान । लागू अाैषध काराेबारीले भारतीय जनता दल (युनाइटेड) का नेता पप्पु पटेल माथी गाेली प्रहार गरेका छन् । अाज विहान ११ बजे सिमावर्ती भारतकाे जाेगवनी इन्द्रनगर ९ मा लागूपदार्थ काराेबारीलार्इ राेक्न खाेज्दा उनीमाथि गाेली प्रहार भएकाे हाे ।
नेता पटेल माथि जाेगवनीकाे रेल्वे स्टेशन अगाडीकाे गाेदाम अगाडी गाेली प्रहार भएकाे प्रत्यक्षदर्शीले बताएका छन् । उनी माथि लागूपदार्थ काराेबारी समुहले चार राउण्ड गाेली प्रहार गरेका छन् । उनी कुन तहकाे नेता हाे खुल्न सकेकाे छैन ।
गाेली प्रहारबाट सख्त घार्इते भएका पटेललार्इ विराटनगर स्थित नाेवेल मेडिकल हस्पिटलमा उपचारका लागि लगिएपनि त्यहाँ उपचार हुन नसकेपछि धरान स्थित वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकाे छ ।
उनलार्इ स्थानीय तहमा लागू अाैषधकाे काराेबार गर्ने कुन्दन यादव र पल्टु यादवकाे समुहले गाेली प्रहार गरेकाे स्थानीयकाे भनाइ छ । पटेलकाे काँध, काेखा, तिघ्रा र ढाडमा गाेली लागेकाे छ ।
पटेलकाे अाउँदाे २६ तारिखका दिन विवाह गर्ने तय भएकाे उनकी अामा हिरामती पटेलले बतार्इन् । अहिले पटेलकाे वीपी प्रतिष्ठानमा उपचार भर्इरहेकाे छ । तस्वीरः भरतराज शर्मा (गाेपाल)
“








