सप्ताह ज्ञान महायज्ञ पुराणबाट ३० लाख संकलन

धरान, जेठ ३१ । धरान १ स्थित राधेश्याम महिला जागरण समुहका महिलाहरुले जेठ २ गतेदेखि ९ गते सम्म सञ्चालन गरेको सप्ताह ज्ञान महायज्ञ पुराणबाट ३० लाख भन्दा बढी रकम संकलन भएको छ ।

मन्दिरमा सप्ताह ज्ञान महायज्ञ पुराणबाट संकलित रकमलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

मन्दिरमा भान्सा कोठा निर्माणको लागि सहयोगार्थ सो ज्ञान महायज्ञ पुराणबाट ३० लाख ६ सय ९९ सय रुपैंया आय भएको पुराण आर्थिक संयोजक पितृमल्ल अग्रवालले जानकारी दिएका छन् ।

उनले आय व्यय प्रस्तुत गर्दै खर्च कटाएर बाँकी रहेको रकम बैँकमा बचत समेत गरिएको बताए । पुराण अवधिभर ८ लाख ३५ हजार रुपैयाँ खर्च भएको मन्दिर परिसरले जनाएको छ ।

बचत तर्फ २१ लाख ६५ हजार ६ सय ९९ रुपैँया मध्ये वचन दान गरेकाहरुबाट ६ लाख ५० हजार रुपैयाँ उठ्न बाँकी रहेको जनाइएको छ ।

पुराणबाट संकलित रकमबाट नै राधेश्याम महिला जागरण समुहले मन्दिर परिसरमा ६० लाख भन्दा बढीको लागतमा सुविधायुक्त भान्साघर बनाउने लक्ष्य लिएको मन्दिरकी अध्यक्ष कमला थापाले जानकारी दिइन् ।

साथै पुराण मुल समारोह समितीका संयोजक कोपिला भट्टराईले पुराणको लागि सहयोग गर्ने सबैलाई हार्दिक आभार व्यक्त गर्दै महिलाहरुको सक्रियातालाई भावी दिनमा समेत साथ र सहयोग गरिदिन पत्रकार सम्मेलनमा धरानवासीमा आग्रह गरेकी छिन् ।

जेठ २ गते उद्घाटन भएको एक हप्ते ज्ञानमहायज्ञ पुराणको कथा वाचन कथावाचिका राधिका दासले गरेकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *