एन आई सी एशिया बैंकको नयाँ शाखा सर्लाहीको कबिलासीमा

काठमाडौँ, जेठ ३१ । एनआइसी एशिया बैँकले सर्लाहीको कबिलासीमा नयाँ शाखा विस्तार गरेको छ । नेपाल सरकार तथा नेपाल राष्ट्र बैँकको सम्पूर्ण स्थानिय निकायहरुमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्ने लक्ष्य अनुरुप एन आई सी एशिया बैंकले सर्लाहीको कबिलासी नगरपालिका– ८ मा बिहिबार एक समारोहका बिच नयाँ शाखा विस्तार तथा उद्घाटन गरेको हो ।

उक्त शाखा उद्घाटन कबिलासी नगरपालिकाका मेयर किशोर यादवले विधिवत रुपमा गरेका हुन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २२४ शाखा कार्यालयहरु, २१३ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू १६६ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू १४१ अर्ब पुगि निजि क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू ११८ अर्ब सहित निजिक्षेत्रका बैंकहरु मध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको बैँकका सूचना अधिकृत सुधिर पाण्डेले जानकारी दिए ।

हालसम्म एनआइसी बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई एनआइसी बैंकले पालना गर्दै आएको छ ।

साथै बैँकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 2 =