करेन्ट लागेर २८ वर्षीय लिम्बूको मृत्यु
२०७४ जेठ १५ गते

“
इलाम, जेठ ३१ । इलामको माङसेबुङ गाउँपालिकामा काम गर्ने क्रममा करेन्ट लागी एक युवाको मृत्यु भएको छ ।
माङसेबुङ गाउँपालिका–४ का २८ वर्षीय नियुशन लिम्बूको बुधबार साँझ करेन्ट लागेर मृत्यु भएको हो । स्थानीय बागमारा खोलामा निर्माणाधीन पुलमा काम गर्ने क्रममा लिम्बूलाई साँझ करीब ६ बजे करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका लिम्बूलाई उपचारका लागि झापाको दमकतर्फ लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, इलामले जनाएको छ ।
मृतकको शव झापाको दमकस्थित आम्दा अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय, इलामका प्रहरी हवल्दार विजय राईले जानकारी दिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








