ट्राेलकाे शिकार भएपछि मुल्यवृद्धि विरूद्ध सांसद नविनाले यसाे भनिन्

“
जेठ ३१, काठमाडाैं । सांसद नविना लामा सडक संघर्षमा उत्रिएकी छन् । सरकारले पटकपटक प्रेटाेलियम पदार्थकाे मुल्यवृद्धि गरेर जनताकाे ढाड सेक्ने काम गरेकाे भन्दै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीकी सांसद सडक संघर्षमा उत्रिएकी हुन् ।
शेर बहादुर देउवा सरकारले एक पटक मुल्यबृद्धि गर्दा सडक तताउने विद्यार्थी नेता नविना लामाले अाफ्नै सरकारले पटक पटक मुल्यवृद्धि गर्दा चुपचाप बसेकाे भन्दै सामाजिक संञ्जालमा चर्काे विराेध भएपछि उनी सडकमा उत्रिएकी हुन् ।
बारम्बार मुल्यवृद्धि भइरहँदा अनेरास्ववियुकी अध्यक्ष समेत रहेकी लामाकाे पार्टी अाफैं सरकारमा भएकाे बेला भने माैन बसेकाेले सामाजिक सञ्जालमा उनलार्इ ट्राेल समेत बनार्इएकाे छ । धेरैले उनकाे फाेटाे हालेर मुख्य बृद्धिकाे विराेधमा किन नउत्रिएकाे भन्दै ट्राेल नै बनाएका थिए ।
कतिले शेरबहादुरले १ पल्ट मुल्य बढाउँदा अान्दाेलन गर्ने नविना लामा अहिले पाँच पटक मुल्यवृद्धि भर्इरहँदा कहाँ छिन् भन्दै विराेध गरेका थिए ।
संयुक्त विद्यार्थी संगठनले मंगलबार राजधानीको शान्ति बाटिकामा गरेको सडक बहस कार्यक्रममा बोल्दै लामाले जनजिविका, राष्ट्रियता, शैक्षिक मुद्दा, आम विद्यार्थीको हक र अधिकारको विषयमा विद्यार्थीहरू प्रतिपक्षीको भूमिकामा रहँदै सडकबाटै संघर्ष गर्दै आएको बताएकी थिइन् ।
लोकतन्त्र विरोधी शक्तिहरूले आफू विद्यार्थी आन्दोलनको पक्षमा नरहेको भन्ने गलत प्रचार गरेकोमा उनले आपत्ति जनाउँदै अब आन्दोलनको स्वरूप बदलेर जानुपर्ने बताउँदै अान्दाेलनलार्इ अराजक वा हिंसात्मक बनाउनेतिर लाग्न नहुने तर्क गरिन् ।
सामाजिक सञ्जालमा केहि ट्राेलरहरूले मुल्यवृद्धिकाे बारेमा लामालार्इ प्रश्न गर्दा उनले विभिन्न अपशब्द प्रयाेग गरेकाे अाराेप समेत लगाउँदै स्टाटस अपडेट गरेका थिए ।
प्रश्न सोध्ने एक नेपालीलाई गाली गरेर उनी विवादमा तानिएकी हुन् । अल्विन राईले फेसबुक म्यासेन्जरबाट अहिलेको पेट्रोलियम पदार्थको भाउ सोध्दा उनले गाली गरेकाे बताइएकाे थियाे । उनले फेसबुक म्यासेन्जरमा सोधेका थिए –‘डिजेल, पेट्रोल, किरोसिनको भाउ कति छ होउ नबिना जी ?’
“








