अनिल शाह, रुक्माङ्गद कटवाल देखि रञ्जु दर्शना सम्म एउटै स्टेजमा

“
काठमाडौं, जेठ ३० । युवाहरुलाई शिक्षाको महत्व र राष्ट्र निर्माण र विकास प्रति जागरुक गराउन एकदिने LEADERSHIP & GROWTH SEMINAR कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ ।
लिडरसिप कर्नरको आयोजनामा गत २८ गते सोमबार सम्पन्न सेमिनारमा प्रमुख वक्ताका रुपमा सफल बैंकर नविल बैंकका सिइओ अनिल शाह रहेका थिए । उनले सेमिनारमा बोल्दै युवाहरुमा रहेको ज्ञान र सिपलाई राष्ट्र निर्माणमा खर्चनु पर्ने बताए ।
युवा मोटिभेसनल स्पीकर अब्दुस मियाँले सञ्चालन गरेको कार्यक्रममा अतिथि वक्ताहरुमा पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवाल, जनता क्लिनिकका सहसंस्थापक दिब्यस गिरी, विवेकशील शाझा पार्टीकी नेतृ रञ्जु दर्शना, टुटल सर्भिसका शिक्षित भट्ट, नागरिक समाजका अध्यक्ष निगम हुमागाई रहेका थिए ।
उनीहरुले आ–आफ्ना क्षेत्रबाट युवाहरुले राष्ट्र निर्माणमा कसरी अग्रसर हुन्छन् र त्यसका लागि कसरी नेतृत्व गर्न सक्छन् भन्ने विषयमा विचार राखेका थिए ।
बैकर्स अनिल शाह देखि रञ्जु दर्शना सम्मले एउटै स्टेजबाट नेतृत्व सम्बन्धि मोटिभेसनल भनाई राख्दा कार्यक्रममा सहभागी विद्यार्थीहरुले कार्यक्रम फरक र फलदायी भएको बताएका थिए ।
ग्रेस इन्टरनेशनलको प्रायोजनमा भएको कार्यक्रममा सयौं युवा तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रमा नयाँ आइडिया निकालेर सफल भएका युवाहरुका उत्प्रेरणात्मक विचारहरु प्रवाह गरिएको थियो ।
कार्यक्रममा ग्रेस इन्टरनेशनलको अफिसियल अनलाइन एप समेत सार्वजनिक गरिएको थियो । उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई लक्षित गरेर निर्माण गरिएको एपमा विद्यार्थीले ABROAD STUDY का विविध विषयमा जानकारी पाउन सक्ने ग्रेस इन्टरनेशनल डाइरेक्टर एन्ड्रयु पौडेलले बताए । ‘विदेशका विश्वविद्यालय, कलेजका विविध विषयमा जानकारी पाउने मात्र हैन विद्यार्थीले एपको माध्यमबाट IELTS, TOEFL, GET, GMAT जस्ता विषयको डेट समेत बुक गर्न सक्छन् ।’ उनले भने ।
विद्यार्थीले आफ्नो मोवाइलको प्लेस्टोरमा गएर Grace International लेखेर यो एप डाउनलोड गर्न सक्छन् ।
‘फुटवल महाभेला, जितौ र जिताऔं’
विश्वकप फुटवलको महाकुम्भ भोलीबाट शुरु हुँदैछ । यहि कुरालाई ध्यानमा राखेर Grace International ले ‘फुलवल महाभेला, जितौ र जिताऔं’ प्रतियोगिता शुरु गरेको छ ।
फुटवल प्रेमी नेपालीलाई फुटवल खेलसँगै प्रतियोगिता गराएर विशुद्ध मनोरञ्जन प्रदान गर्न यो प्रतियोगिता शुरु गरिएको हो । भोलीबाट हुने प्रतियोगितामा सहभागीहरुले हरेक गेमको नतिजा अगाडी सवमिट गर्नुपर्नेछ ।
यो गेम खेल्नका लागि आफ्नो मोवाइलमा Grace International को एप डाउनलोड गरेर त्यहाँ निर्देश गरे अनुसार प्रतियोगितामा हरेक दिन हुने गेममा कसले जित्छ अग्रिम रुपमा जवाफ दिनुपर्छ ।
उदाहरणका लागिः भोली हुने आयोजक रसिया र साउदी अरेबिया विचको खेल कसले जित्छ भनेर उत्तर दिनुपर्नेछ । एपमा प्रत्येक दिनका गेमका बारेमा जानकारी राखिएको छ ।
प्रतियोगितामा हरेक खेलका विजेताले डिनर कुपन, फिल्म टिकट, विजेता टीमको आकर्षक जर्सी, रिचार्ज कार्ड, चन्द्रागिरी केवलकारको टिकट, होप्पील्याण्डको टिकट र ग्रेस इन्टरनेशनलमा IELTS, TOEFL तयारी कक्षामा ५० प्रतिशत सम्म छुट समेत प्राप्त गर्नेछन् ।
यसैगरी मोवाईल चितवन–पोखरा टुर प्याकेजको समेत ब्यवस्था गरिएको छ । फाइनल गेमसम्म मिलाउने विजेताले थाइलेण्ड टुर वा सो बराबरको ल्यापटप प्राप्त गर्ने ग्रेस इन्टरनेशनलका डाइरेक्टर एन्ड्रयु पौडेलले जानकारी दिए ।
‘विश्वकप फुटवलबाट कुनैपनि नेपाली विमुख नहुन् र उनीहरुलाई फुटवल खेलसँगै इन्टरटेण्ट गराउनका लागि यो गेम खेलाइएको हो ।’ उनले भने । याे लिँकमा गएर प्रतियाेगितामा भाग लिन सकिन्छ Www.worldcup.graceintlgroup.com
सन् २००६ बाट सञ्चालनमा आएको ग्रेस इन्टरनेशनलले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई सहि काउन्सेलिङ गर्दै आइरहेको छ । काठमाडौं, चितवन, नेपालगञ्ज, हेटौडा, पोखरा, वुटवलमा समेत शाखा रहेको ग्रेस इन्टरनेशनलबाट अष्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडा लगायतका देशमा ABROAD STUDY मा जान सकिन्छ ।
“








