खोटाङ: बलात्कार गरेको कसुरमा पुरुषलाई ५ वर्ष कैद
२०७४ जेठ १५ गते

“
खोटाङ, जेठ ३० । बालिका बलात्कार गरेको कसुरमा खोटाङमा एक पुरुषलाई ५ वर्ष कैंद फैसला भएको छ । १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ५६ वर्षीय इबे विश्वकर्मालाई जिल्ला अदालत खोटाङले कैंद फैसला सुनाएको हो ।
जिल्ला न्यायधिस किशोर घिमिरेको एकल इजलासले विश्वकर्मालाई सोमबार सो कैंद सजायसुनाएको अदालतका श्रेस्तेदार प्रदिपकुमार उपाध्यायले जानकारी दिनुभयो ।
आरोपितले २०७४ साल साउन २८ गते बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । पीडितका आफन्तले ईलाका प्रहरी कार्यालय हलेसीमा उजुरी दिएपछि पीडकलाई घटनाकै दिन प्रहरीले पक्राउ गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ३१ गते जिल्ला अस्पताल दिक्तेलमा गरिएको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








