कांग्रेसलाई अघि बढाउने यस्तो छ तयारी

काठमाडौं, जेठ ३० ।  नेपाली कांग्रेसको जिल्ला सभापतिहरुकको राष्ट्रिय भेलाले तयार पारेको पार्टीको विधान संशोधन तथा परिमार्जन, पार्टीको तत्कालिन, अल्पकालिन, दीर्घकालिन रणनीति र कार्ययोजना अन्तर्गत नयाँ संरचना र नयाँ अधिवेशनलगायतका प्रस्तावमाथि तीव्ररुपमा छलफल भइरहेको छ ।

समावेशीकरण, आर्थिक सशक्तीकरण, स्थानीय तह सशक्तीकरण, समाजिक सशक्तीकरण, मर्यादाक्रम निर्धारण, पार्टी संरचना, टिकट वितरणसम्बन्धी संरचनागत जिम्मेवारीलगायतका प्रस्तावमाथि छलफल भइरहेको पाइएको छ ।

भेलामा प्रस्तुत हुने प्रस्तावमाथि अहिले भइरहेको छलफलका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु एकमत हुन सकेका छैनन् ।

गुट उपगुटमा कमजोर भएको कांंग्रेसभित्र केन्द्र देखि गाउँ तहसम्म नै कांग्रेसलाई चलायमान र सशक्त बनाएर अघि बढाउन गर्नुपर्ने कामका बारेमा जिल्ला सभापतिहरु पनि गुटगत रुपमै छलफल गरिरहेका छन् ।

कांग्रेसभित्र देउवा र पौडेलबाहेक कृष्णप्रसाद सिटौला गुट पनि सशक्त छ । साथै प्रभावशाली नेताहरुको पनि उपगुट छ ।

आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छापिएको छ । असार ५ देखि ७ गतेसम्म हेटौंडामा कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हुँदैछ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *