उत्कृष्ट १० नव युवा अभियन्ता छनौट सम्पन्न

काठमाडौँ, जेठ २९ । दायित्व नामक संस्थाले युवा रोजगारीसँग सम्बन्धित मुद्धाहरुमा पैरवी गर्न सक्ने क्षमतावान् नव युवा अभियन्ताहरुको छनौट गरेको छ ।

युवाहरुमा क्षमता बृद्धि गरी युवा रोजगारीका मुद्धाहरुमा आफैं पैरवी गर्न सक्षम बनाउने उद्देश्यले समुदायमा सकारात्मक परिवर्तनका लागि प्रतिवद्ध भएका काठमाण्डौका फरक–फरक पृष्ठभूमीका युवाहरुले आवेदन दर्खास्त दिएका थिए ।

त्यसरी प्राप्त भएका आवेदन फारम मध्येबाट उनीहरुको पृष्ठभूमी, अन्र्तनिहित क्षमता, नेतृत्वको क्षमता, रुचि आदिको आधारमा विशेष समितीले २० जना युवाहरुलाई छनौट गरेको थियो । पहिलो चरणको छनौटमा परेका युवाहरु मध्येबाट निर्णायक समितीले उत्कृष्ट १० नव युवा अभियन्ताको छनौट गरेको छ ।

निर्णायक समूहमा पूर्व प्रधानन्यायधीस कल्याण श्रेष्ठ, नेपाली टाइम्सका सम्पादक कुन्द दिक्षित तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको विज्ञ समूहकी संयोजक चाँदनी जोशी रहेका थिए ।

युवाहरुको चुनौतीका मुद्धा पहिचान गरि आफ्नो क्षेत्रमा आफ्नै सम्बन्धित क्षेत्रमा छनौट भएका नव अभियन्ताहरुले १०० दिनको अभियान सञ्चालन गरी त्यस ठाँउको स्थानीय सरकार, सांसद, जनप्रतिनिधि तथा सरोकारवालाहरुसँग नीति परिवर्तनका लागि आवश्यक पैरवी गरी युवा रोजगारीका लागि पहल गर्नेछन् । यस अभियानको लागि डि.एफ.आई.डि र आइ.एल. ओ. संस्थाले सहयोग गरेका छन् ।

छनौटमा परेका उत्कृष्ट १० नव युवा अभियन्ताहरुको नामावली निम्न अनुसार रहेको छ ।
१.शिक्षित भट्ट
२. रोहितकुमार मारवाडी
३. फुर्पा शेर्पा
४. श्रीजंग राई
५. मेधाशर्मा
६. महेश दाहाल
७. डा. जितेन्द्र उपाध्याय
८. भावना खतिवडा
९. पुजा पौडेल
१०. मेघना लामा”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eleven =