भारी वर्षापछि गएको पहिरोमा परी १३ जनाको मृत्यु

ढाका, जेठ २९ । दक्षिणपश्चिमी बङ्गलादेशको दुई वटा जिल्लामा भारी वर्षापछि गएको पहिरोमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ ।

मङ्गलबार बिहान सबेरै दक्षिणपश्चिमी बङ्गलादेशका दुईवटा जिल्लामा यो प्रकोप सुरु भएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

पहिरोमा परी ढाकाबाट २९२ किलोमिटर टाढा रहेको रनगामती जिल्लामा ११ व्यक्तिको मृत्यु भएको बताइएको छ ।

त्यसैगरी कोक्स बजार जिल्लामा गएको पहिरोमा परी एक रोहिङ्ग्या शरणार्थीसहित दुईको मृत्यु भएको समाचारमा जनाइएको छ ।

राजधानी ढाकाबाट करिब २९२ किलोमिटर दक्षिणपूर्वमा पर्ने यस इलाकामा म्यानमारको राखिन राज्यमा जारी द्वन्द्वको कारण विस्थापित भएका करिब १० लाख रोहिङ्ग्या मुसलमान शरणार्थीहरुको बसोवास रहेको छ ।

गत बर्षको जुनमा पनि बङ्गलादेशको चटगाउँलगायत पाँच वटा जिल्लामा गएको भीषण पहिरोमा परी कम्तीमा १५३ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सयौ घाइते भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *