राजधानीका दुई ज्वेलर्समा छापा,ठूलो परिमाणमा सुन बरामद

काठमाडौं,जेठ, २८। सरकारले गठन गरेको छानबिन समितिले सोमबार दिउँसो काठमाडौंका दुई वटा ज्वेलर्समा छापा मारेको छ । राजेन्द्र शाक्यद्वारा सञ्चालित राजधानीको न्युरोड र दरबारमार्गमा अवस्थित आरके ज्वेलर्समा छापा मारेको हो ।

३८ क्वीन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न गठित विशेष अनुसन्धान समितिले नै उक्त छापा गरेको हो ।

समितिका संयोजक ईश्वरराज पौडेलको नेतृत्वमा गएको टोलीले छापा मारेको प्रहरी स्रोतले जनाएको छ । दुई वटै पसलबाट प्रहरीले ठूलो परिमाणमा सुन बरामद गरिएको स्रोतको दाबि छ ।

प्रहरीले सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा यसअघि छापा मारेको थियो । अग्रवालको घरबाट ३० लाख रूपैयाँ नगद, दुर्इ किलो चाँदी र १० तोला सुन बरामद गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *