प्रम ओली विरुद्ध नेवि संघको नाराबाजीः महंगीको गोली किन हान्छौ ओली ?

काठमाडौं, जेठ २७ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न दवाव दिँदै आईतबार पनि काठमाडौँको प्रदर्शनी मार्गबाट रत्नपार्कस्थित शान्ति वाटिकासम्म विद्रोह प्रदर्शन गरेको छ ।

सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघले प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गरी विद्रोह प्रदर्शन गरेको हो ।

सरकारले जनतालाई चर्को मूल्य वृद्धि गरेर आहात बनाउने काम गरेकाले त्यसको विरोधमा सडक संघर्षमा होमिनु परेको नेवि संघले जनाएको छ ।

साथै नेवि संघले पेट्रोलियम पदार्थसहित दैनिक उपभोग्य बस्तुमा भएको मूल्य वृद्धि फिर्ता नभएसम्म सरकारविरुद्ध आन्दोलन जारी रहने चेनावनी समेत दिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 1 =