टिचिङ अस्पतालका कर्मचारीको लकरमा भेटियो एक थान पेस्तोल र ३ राउण्ड गोली

काठमाडौँ, जेठ २७ । काठमाडौँ प्रहरी परिसरको टोलीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको रेडियोलोजी शाखाका कर्मचारीको लकरबाट पेस्तोल र गोली बरामद गरेको छ । रेडियोलोजी डिपार्टमेन्टको लकरबाट प्रहरीले एक थान कटुवा पेस्तोल र ३ राउण्ड गोली बरामद गरेको हो ।

धेरै समयदेखि उक्त लकर नखुलेको र कर्मचारीलाई आ–आफ्नो लकरको नाम लेख्न लगाउँदा उक्त लकरको नाम कसैले नलेखेपछि प्रहरी सम्म खबर पुगेको प्रहरी परिसरले जनाएको छ । सो लकर खोल्दा पेस्तोल र गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार त्यहाँ कसले सामान राखेको थियो भन्ने रेकर्ड अस्पताल प्रशासनसँग पनि छैन । प्रहरीले भने लकर कसले प्रयोग गरेको थियो भन्नेतिर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *