श्रम स्वीकृतिमा वैदेशिक रोजगार विभागले गर्यो थप कडाई

काठमाडौँ, जेठ २७ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिमा थप कडाइ गरेको छ । रोजगारदाताको विस्तृत विवरण पेश नगर्ने म्यानपावरलाई आइतबारदेखि स्वीकृति नदिने भएको हो ।

म्यानपावर कम्पनीले रोजगारदाताको ठेगाना, सम्पर्क नम्बर, इमेल, वेबसाइट जस्ता विवरण प्रस्ट उल्लेख गर्नु पर्नेछ ।

यसअघि यस्ता विवरण उल्लेख नगर्दा ती देशमा रहेका कामदारको जानकारी लिन र विवरण राख्न असहज भएको विभागले जनाएको छ ।

व्यक्तिगत रुपमा श्रम स्वीकृति लिदा पनि फारममा भएका सबै विवरण उल्लेख गर्न र रोजगारदाता कम्पनी र त्यहाँ आफूले गर्ने पेशाका बारेमा प्रस्ट पार्न विभागले सूचना जारी गरेको छ ।

यस्ता विवरण प्रस्ट उल्लेख नगर्ने म्यानपावर कम्पनीका निवेदन वा फारम स्वीकार नगर्ने विभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *