इपीएस परीक्षामा ५८ जना नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ, जेठ २७ । नवौं कोरियन भाषा परीक्षामा ५८ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । काठमाडौं र ललितपुरका विभिन्न कलेजबाट अर्कैको नाममा परीक्षा दिने पक्राउ परेको निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।

उनका अनुसार, २६ गते शनिबार भएको परीक्षामा ह्वाइट हाउस कलेज खुमलटारमा ६ जना, जेभिएर कलेज कालोपुलमा ३ जना, भिएस निकेतनमा १२ जना, गोल्डेन गेट कलेजमा २ जना, जेभियर कलेज बौद्धमा १४ जना पक्राउ परेका हुन् ।

यस्तै ट्रिनिटी कलेज डिल्लीबजारमा २ जना, टाइम्स कलेजमा ६ जना, पिनाकल एकेडमीमा २ जना, नोवेल एकेडेमीमा ५ जना, युनिभर्सल कलेजमा ३ जना, रेडियन रिडर्स, मोलिस र नाइटेङ्गल कलेजमा १/१ जना पक्राउ परेका हुन् । पोखरामा भने नक्कली परीक्षार्थी भेटिएको छैन । (आज) आइतबार पनि परीक्षा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *