एआईजीको पद कटौतिः नेपाल प्रहरीमा ३ एआईजी मात्र राखिने

काठमाडौँ, जेठ २७ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले एआईजीको पद कटौतिको निर्णय गरेको छ । बैठकले एआईजीको पद कटौतिको निर्णय गरेलगतै नेपाल प्रहरीमा अब तीन जना मात्र एआईजी रहने भएका छन् ।

गृह मन्त्रालयले ५ एआईजी राख्ने प्रस्ताव गरेको थियो । तर, प्रदेशमा डीआईजी राखेर महानगरीय प्रहरी आयुक्तको कार्यालयमा एआईजी राख्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीन जना मात्र एआईजी राख्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =