“उद्यमशीलतालाई विस्तार गर्न इटहरीमा “”यात्रा उद्यमी”” कार्यक्रम”

इटहरी, जेठ २७ । इटहरीमा एभरेष्ट पोलेसी इन्स्टिच्युट र ग्लोबल अन्टरपेनरको आयोजनामा हरेक महिनाको अन्तिम बिहिबार यात्रा उद्यमी नामक कार्यक्रम सञ्चालन हुने भएको छ ।

उधम के हो ? उद्यमशिलता के हो ? कस्ता चुनौती आउछन् ? कसरी त्यसलाई पार लाउने र अवसर कस्ता छन् जस्ता बिषयमा केन्द्रित भएर हरेक महिना एक सफल उद्यमीले आफ्नो अनुभव सुनाउने उक्त कार्यक्रम इटहरी स्थित पी.एन.आए हलमा हुने आयोजकले जानकारी दिएका छन् ।

आयोजकका अनुसार यस पटकको कार्यक्रममा आफ्नो अनुभव सुनाउन पाँचकन्याको बसन्तटारका बासिन्दा तथा युवा कृषक कृष्ण राई आउने छन् ।

एकमुठा साग किन्न धरानको बजार जाने उनी अहिले त्यही ठाउँका मान्छेहरूलाई समेत तरकारी बेचेर वार्षिक लाखौँको आम्दानी गर्ने वातावरण सिर्जना गरेर आफूलाई सफल उदाहरण बनाउन सफल भएका व्यक्तित्व हुन् ।

एभरेष्ट पोलेसी इन्स्टिच्युटका कार्यक्रम निर्देशक सम्राट थापाका अनुसार, यात्रा उधमी कार्यक्रम सानो दुःख कष्टबाट विचलित भएर नेपालमा अवसर नदेख्ने युवा र नेपालमै केहि गर्छु भन्ने युवा पुस्ताका लागि लक्षित् गरिएको र यस कार्यक्रमले युवा हरुमा नयाँ जोस ल्याउने आशा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 2 =