ट्रम्पसँग ‘रचनात्मक’ भेटका लागि पुटिनको अपेक्षा

काठमाडौं, जेठ २७ ।  रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले अमेरिकी राष्ट्रपतिसँग ‘रचनात्मक भेट’को अपेक्षा गरेको बताएका छन् ।

ट्रम्पले रूसी राष्ट्रपतिलाई भेट्नका लागि गएकाे अप्रिलमा निमन्त्रणा पठाएका थिए । उनीहरुबीच यही वर्ष भेट हुने सम्भावना रहेको भएपनि कहिले भेट हुँने अझै अनिश्चित नै छ ।

पुटिनले भनेका छन् “ट्रम्प कुनै पनि व्यक्तिलाई कसरी सुन्नुपर्छ र उनीहरूका भनाइलाई कसरी वहसमा लानुपर्छ भन्ने गम्भीर सोच भएको व्यक्ति हो । यसले मलाई उहाँप्रति विश्वास गर्ने आधार बनाएको छ मलाई लाग्छ उहाँसँगको वार्ता रचनात्मक सिद्ध हुनेछ ।”

रूसी उप विदेशमन्त्री सेर्गेइ र्याकोभले यस पहिले दुई देशका उच्च नेताबीच हुने भेट मस्को र वासिङ्टनको सम्बन्ध सुधारका लागि महत्वपूर्ण हुने बताएका थिए । यो नेताहरूबीच प्रत्यक्ष हुने तेस्रो भेट हुनेछ ।

उनीहरुकाे पहिलाे भेट जी–२० शिखर सम्मेलनको सन्दर्भमा जर्मनीको ह्यामवर्गमा गतएकाे वर्ष जुलाईमा भएकाे थियो । दोस्रो पटक उहाँहरू एसिया प्रशान्त वित्तीय सहकार्य शिखर सम्मेलनका अवसरमा गएकाे नोभेम्बरमा भियतनाममा भेटेका थिए ।

दुई देशबीचको सम्बन्धमा सन् २०१५ मा रूसले क्रिमियालाई लिएपछि, यूक्रेनी सङ्कटका कारण, अमेरिकी निर्वाचनमा भएको भनिएको हस्तक्षेप र सिरियाली गृहयुद्धका कारण समस्या आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *