४० लाख ९८ हजार रुपैयाँ ‘ब्लडमनी’ तिरेर साउदी जेलबाट फर्किए थानेश्वर

काठमाडौं, जेठ २७ । ६ वर्षदेखि साउदी अरबको जेद्दास्थित धावन जेलमा रहेका मध्यविन्दु–४, नवलपरासीका ३५ वर्षीय थानेश्वर भुसाल शुक्रबार राति स्वदेश आइपुगेका छन् ।

साउदी अदालतले माग गरेको एक लाख ५० हजार रियाल (४० लाख ९८ हजार रुपैयाँ) ब्लडमनी बुझाएपछि उनी जेलबाट मुक्त भई स्वदेश फर्केका हुन् ।

भुसालको उद्धारका लागि प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) ले २५ लाख ४८ हजार र गैरआवासीय नेपाली संघले १५ लाख ५० हजार गरी ४० लाख ९८ हजार रुपैयाँ परराष्ट्र मन्त्रालयलाई बुझाएको थियो ।

पीएनसीसीले चन्दा संकलन गरी रकम जुटाएको थियो ।

भुसाल ब्लडमनी तिर्न नसक्दा ६ फेब्रुअरी २०१४ देखि जेलमा थिए । २७ सेप्टेम्बर २०११ मा इनोभेटिक म्यानपावरबाट साउदी अरब गएका उनी साउदीमा गाडी चलाउँथे ।

५ जुन २०१२ मा उनी गाडीसहित सडकमा थिए । ‘रोकिराखेको गाडीलाई पछाडिबाट एक भारतीय चालकले चलाएको गाडीले ठक्कर दियो’, थानेश्वर भन्छन्, ‘मेरो गाडी हुत्तिएर अगाडि रोकिराखेको अर्को गाडीलाई ठक्कर दिन पुग्यो ।

त्यो दुर्घटनामा ठक्कर दिने भारतीय चालक इशम साहिब र ठक्कर खाने गाडीका चालक साउदी नागरिक रद जमान अलजदानी दुवैको ज्यान गयो ।’ कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *