वरिष्ठ न्यूराे सर्जन डा. उपेन्द्र देवकाेटालार्इ गाेरखा लगिँदै

काठमाडौं, जेठ २६ । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई जन्मथलो गोरखा लगिने भएको छ । विगत ६ महिना यता पित्त थैलीकाे क्यान्सरसँग लडिरहेका बरिष्ठ न्यूराे सर्जनलार्इ जन्मथलाे गाेरखा लगिने भएकाे डा. तारा अधिकारीले जानकारी दिए ।

विगत एक महिनायता बाँसबारी स्थित न्यूरो हस्पिटलमा उपचार भर्इरहेपनि उनकाे स्वास्थ्यमा कुनै सुधार हुन सकिरहेकाे छैन । हिजाे राती स्वास्थ्यमा झन समस्या देखिएकाे थियाे । केहिले डा. देवकाेटाकाे मृत्यू भएकाे भन्दै सामाजिक सञ्जालमै राती भाइरल बनाएका थिए ।

डा. देवकाेटालार्इ अाजै हेलिकाेप्टर मार्फत गाेरखा लैजाने तयारी भएकाे छ ।

बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था थप असहज भएपछि सघन उपचार कक्ष, आइसियुमा राखेर उपचार भइरहेको थियाे ।

पाँच दिनदेखि कृतिम स्वासप्रस्वास (भेन्टिलेटर) मा राखिएका देवकोटालाई गएराति स्वास्थ्य केही सुधार देखिएपछि भेन्टिलेटरबाट निकालिएको थियाे । देवकोटा वैशाखको दोस्रो साता नेपाल फर्किएका थिए।

पित्त थैलीको क्यान्सरबाट पीडित डा. देवकोटाको कलेजोको भेट्नोमा मासु पलाएको (कोलोन्जियो कार्सीनोमा) भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *