देशभरका चिकित्सकलाई नोबेलमा प्रशिक्षण

विराटनगर, जेठ २५ । विराटनगरमा अवस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग अस्पतालमा शुक्रबारदेखि चिकित्सक प्रशिक्षण कार्यक्रम शुरु भएको छ । नोबेलको नाक, कान, घाँटी विभागको आयोजनामा देशभरका नाक, कान, घाँटी सम्बन्धि चिकित्सकहरुका लागि दुई दिने प्रशिक्षण कार्यक्रम शुरु भएको हो ।

प्रशिक्षणमा नेपाल मेडिकल कलेज, काठमाण्डौं मेडिकल कलेज, मनिपाल शिक्षण अस्पताल लगायत देशभरका अधिकांश शिक्षण अस्पतालका नाक, कान, घाँटी सम्बन्धि चिकित्सकहरुले सहभागिता जनाएका छन् ।

राजधानीसहित नेपालगञ्ज, धरान, लुम्बिनी, वीरगञ्ज लगायतका स्थानबाट करिब ६० जना चिकित्सकहरु प्रशिक्षणमा सहभागि रहेको नोेबेल अस्पतालका डा.मिनाक्षी बस्नेतले जानकारी दिइन् ।

चिकित्सकहरुलाई मलेसियाका प्रोफेसर प्रेयागेरेन, नोबेल शिक्षण अस्पतालका डा.बिनोद फेलिक्स लगायतले शल्यक्रियामा थप क्षमता विकास गर्ने हिसाबले प्रशिक्षण दिईरहेका छन् ।

लाइभ शल्यक्रिया गरेर प्रशिक्षण कार्यक्रमलाई थप प्रभावकारी बनाइएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *