पार्टीलाई नै हराएर को बहादुर भएको छ ? : देउवा

धनगढी, जेठ २५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई पुरानै अवस्थामा फर्काएर मात्र विश्राम लिने बताएका छन् ।

कैलाली जिल्ला अधिवेशनको उद्घाटन गर्दै देउवाले कांग्रेसले अन्तरघातकै कारण २५ देखि ३० सिट गुमाएको बताउँदै भोट नहाल्नेहरुको क्रियाशील सदस्यता खारेज गर्ने र अन्तरघातीहरुलाई कारबाही गर्ने उनले बताएका छन् ।

उनले भने, ‘यो देशमा अब मेरो एउटै काम छ, अन्तरघातीलाई कारबाही गरेर पार्टीलाई पुरानै अवस्थामा ल्याएर मात्र म विश्राम लिन्छु ।’

कृष्णप्रसाद भटटराईको पालादेखि सुरु भएको अन्तरघात सदासदाका लगि अन्त्य गर्ने उनको दाबी छ ।

उनले अघि भने, अनुशासनहीन काम गरेर पार्टीलाई नै हराउनेलाई कुनै हालतमा माफ गर्न सकिँदैन । यो अपराध हो । यस्ता अपराधीलाई कारबाही गर्छु ।’

अघि भने, अन्याय भएको छ भने लड्ने आफ्नो ठाउँ छ । पार्टीलाई नै हराएर को बहादुर भएको छ ?’

पार्टी सदस्य भएर पनि भोट नहाल्नेहरु अपराधी हुन् भन्दै देउवाले उनीहरुको सदस्यता खारेज गर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *