‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्ड’ बैतडीकी सरस्वतीलाई

“
काठमाडौ, जेठ २५ । सन् २०१८ को ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्ड’ बैतडीकी अभियन्ता सरस्वती नेपालीलाई प्रदान गरिने भएको छ ।
काठमाडौँमा सरिता परियार ट्रष्ट फण्डले आयोजना गरेको पत्रकार सम्मेलनमा दलित समुदायका लागि सामाजिक न्यायको क्षेत्रमा सरस्वतीले पुर्याएको योगदानको मुल्यांकन गर्दै उक्त अवार्ड प्रदान गर्न लागिएको जानकारी दिइएको छ ।
आगामी अगष्ट १५ मा एक कार्यक्रमका बीच नगद रु ५ लाख राशीको यो अवार्ड प्रदान गरिने ट्रष्टकी सरिता परियारले जानकारी दिइन् ।
बैतडीकी सरस्वतीले सुदूरपश्चिम क्षेत्रमा रहेर लामो समय सम्म सामाजिक विसंगति, अन्यायका विरुद्ध न्यायका लागि संघर्ष गर्दै आएकी छिन् ।
‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्ड’ सामाजिक रुपान्तरणका लागि सामाजिक अगुवा सुभास दर्नालको सम्झनामा स्थापित अन्तर्राष्ट्रिय स्तरको पुरस्कार हो ।
“








