पहिरो हटाएपछि सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

बुटवल, जेठ २५ । बिहीबार रातिको वर्षाका कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडकखण्डका २ स्थानमा पहिरो खसेको थियो ।

दुर्वै स्थानको पहिरो हटाएपछि राजमार्ग एकतर्फी रुपमा सञ्चालन गरिएको हो ।

पाल्पाको मदनपोखरा नजिकै भालेबासमा लेदो माटोसहित खसेको पहिरो हटाएपछि अहिले यातायात सुचारु भएको छ ।

यता पाल्पाको सिद्धबाबा मन्दिर नजिकै ढुंगासहितको पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

सिद्धबाबामा बिहान ५ बजे र भालेबासमा ४ बजे पहिरो खसेको प्रहरीले जनाएको छ ।

एकतर्फी रुपमा खेलेको सडक दुईतर्फी सञ्चालनको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =