संसदको बैठक आज, सचिवालयद्वारा संसद नियमावली निर्णयार्थ पेश

काठमाडौं, जेठ २५ । व्यवस्थापिका–संसदको बैठक आज बस्दैछ । आजको बैठकमा संसद नियमावलीका विषयमा छलफल हुनेछ ।  दिउँसो १ बजे बोलाइएको बैठकमा संसद सचिवालयले संसद नियमावली निर्णयार्थ पेश गर्नेछ । आजको बैठकले दलहरुको सहमतिमा नियमावली पारित गर्नेछ ।

फौजदारी अभियोग लागेका सांसदहरुलाई निलम्बन गर्ने की नगर्ने भन्नेमा दलहरुबीच विवाद बढेपछि नियमाली रोकिएको छ । तर आजको बैठकमा दलहरुले सहमति गरेर निमायवली पारित गराउने तयारी छ । नेपाली कांग्रेसको माग अनुसार नेकपा लचिलो भएर निलम्बन नगर्नेमा सहमति नजिक रहेको छ ।

संसदको बैठकअघि सभामुख कृष्णबहादुर महराले बैठक बोलाउनु भएको छ । बैठकमा दलका उच्चतहका नेताहरुसहभागि हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *