विश्वकप तयारी: पोर्चुगलद्वारा अल्जेरिया पराजित
२०७४ जेठ १५ गते

“
काठमाडौं, जेठ २५ । विश्वकप तयारीको अन्तिम खेलमा पोर्चुगलले अल्जेरियालाई पराजित गरेको छ ।
बिहीबार राति भएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले आफ्नै मैदानमा अल्जेरियालाई ३ –० गाेल अन्तरले हरायो । पीएसजीबाट लोनमा भ्यालेन्सियाका लागि खेलिरहेका मिडफिल्डर गोल्कानो गुडेसले २ गोल गरे ।
क्रिष्टियानो रोनाल्डोले गरेको गोल अफसाइड करार भएपछि बनाण्डो सिल्भाको क्रसमा गुडेसले पहिलो गोल गरेका थिए । अर्का मिडफिल्डर बुर्नो फर्नाण्डेजले पनि रोनाल्डोको क्रसलाई सदुपयोग गरी हेडमार्फत दोस्रो गोल गरे ।
राफायल गुरेरियोको पासमा २१ वर्षीय विंगर गुडेसले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरे । पोर्चुगलले जुन १५ मा स्पेनविरुद्धको खेलसँगै विश्वकपको यात्रा सुरु गर्नेछ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








