बरको रुखलाई सम्मान गर्दै मनायो कतार एयरवेजले वातावरण दिवस

काठमाडौँ, जेठ २३ । कतार एयरवेजले नारायणहिटी दरबारको परिसरमा अवस्थित सबैभन्दा पूरानो बरको रुखलाई सम्मान गर्दै विश्व वातावरण दिवस मनाएको छ।

बरको रुख सम्मान कार्यक्रममा उद्योग क्षेत्रका प्रतिनिधि तथा कतार एयरवेजका कर्मचारीवर्गको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपालका लागि स्थानीय प्रबन्धक जयप्रकाश नैरले हाम्रो हरित ग्रह मानव जातिको लागि कति महत्वपूर्ण छ भन्ने सन्देशको साथमा सम्बोधन गर्दै हामीले रुखबिरुवा एवं वातावरणको संरक्षण तथा स्वस्थ जीवनको लागि स्वच्छ र हरित शहरको सुरुवात गर्नुपर्ने आवश्यकतामा जोड दिए।

‘प्लास्टिक प्रदूषणलाई पराजित गरौँ’ भन्ने मूल सन्देश सहित यस वर्षको विश्व वातावरण दिवसमा विभिन्न सरकारी निकाय तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

विश्वलाई स्वच्छ र हरियो राख्ने अभियानमा कम्पनी निरन्तर रुपमा प्रयासरत रहेको कतार एयरवेजले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *