सम्झौताअनुसार समयमा काम नगर्नुलाई राज्यले अपराध मान्ने-गृहमन्त्री

काठमाडौं, जेठ २३ । गृहमन्त्री रामबहादुर थापा बादलले सम्झौताअनुसार समयमा काम नगर्नुलाई राज्यले अपराध मान्ने भन्दै काम नगर्ने ठेकदारलाई कारबाही गरि छाड्ने बताएका छन् ।

गृहमन्त्री थापाले काम नगर्ने ठेकदार कसैको घरधनी मात्र होइन, सांसद वा नेता भएपनि नछाड्ने बताएका छन् ।

आफ्नो १०० दिनमा भएका कामबारे जानकारी दिन मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री बादलले धेरैजसो ठेक्कामा सम्झौताअनुसार काम नभएको बताए । राजधानीमा मात्र सानाठूला गरी ५०० वढी परियोजना रहेको र त्यसमध्ये ३०० बढीमा सम्झौता अनुसार काम नभएको उनले जानकारी दिए।

तर, यस्ता कामचोर ठेकदार तपाईकै पार्टीका अध्यक्ष प्रचण्डको घरबेटी छन्, सांसद छन् नि भन्ने प्रश्नमा गृहमन्त्री बादलले हाँस्दै भने, अहिले तपाईले उठाएको मात्र नभएर सबै ठेकदार घरधनी नै हुन् । घर सबैको छ ।’

‘राज्यले भनिसकेको छ, जसले सम्झौताअनुसार काम गर्दैन, राज्यको ढुकुटी दुरुपयोग गर्छ, त्यो अपराध हो’ उनले अघि भने, ‘त्यसकारण कारबाही गर्नुपर्छ भन्ने कानुन छ । जो सुकै होस्, चाहे घरधनी होस्, सभासद होस् वा ठूलै नेता किन नहोस् । कानुनको उल्लंघन गर्छ, राज्यलाई धोका दिन्छ भने कारबाही हुन्छ ।’

निर्णय गर्ने अधिकार सम्बन्धित मन्त्रालयको भएको भन्दै गृहमन्त्री बादलले त्यसलाई कार्यान्वयन गर्न आफ्नो मन्त्रालयले सहयोग मात्र गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *