प्रधानसेनापति राजेन्द्र क्षेत्री भारत प्रस्थान

काठमाडौ, जेठ २३ । छ दिने भारत भ्रमणका लागि प्रधानसेनापति राजेन्द्र क्षेत्री भारततर्फ प्रस्थान गरेका छन् ।

भारतीय सेनाध्यक्ष विपिन रावतको औपचारिक निमन्त्रणामा देहरादुनस्थित भारतीय मिलिटरी एकेडेमीमा सञ्चालित अधिकृत आधार तालिमको आयुक्त पद प्रदान कवाज कार्यक्रममा सहभागी हुन भारततर्फ प्रस्थान गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

क्षेत्रीले भारतका रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार, वायु सेनाध्यक्ष, जल सेनाध्यक्ष सहित अन्य उच्च पदस्थ अधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानसेनापति क्षेत्री जेठ २८ गते स्वदेश फर्किने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *