मन्त्री बस्नेतः मुखमा माक्स र हातमा कुचो लिएर सरसफाइमा सहभागी

काठमाडौ, जेठ २३ । वन तथा वातावरण मन्त्रालयले आज पनि राजधानीमा सरसफाइ कार्यक्रमलाई निरन्तरता दिएको छ ।

सयौँ संख्यामा स्वयंसेवक सहभागी सरसफाइ कार्यक्रम टुँडिखेलबाट शुरु भएर भद्रकाली, सिंहदरबार पश्चिमतर्फ, माइतीघर, बबरमहल, नेपाल आयल निगम हुँदै अन्नपूर्ण न्यूरो अस्पताल अगाडि पुगेर समापन गरियो ।

‘वि लभ यु फाउण्डेशन’ संस्थाको आयोजना गरिएको सरसफाइ कार्यक्रमको वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले नेतृत्व गरेका थिए । उनी मुखमा माक्स र हातमा कुचो लिएर सरसफाइमा सहभागी थिए ।

सरसफाइका क्रममा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय र राष्ट्रिय बीमा संस्थान अगाडि फोहरको थुप्रो देखेपछि मन्त्री बस्नेतले दुवै कार्यालयका कर्मचारी बोलाएर तत्काल फोहर हटाउन निर्देशन दिए ।

उनले भने, “तपाईहरुले आफ्नो कार्यालय अगाडि थुपार्नुभएको फोहर तत्काल हटाउनुस्, आगामी दिनमा पुनः यस्तो फेला पारियो भने कारबाही गर्छु ।”

सिंदरबारभित्र र बाहिरका चमेना गृहले फोहर व्यवस्थापन गर्ने नगरेको पाइएपछि मन्त्री बस्नेतले तत्काल उक्त कार्य रोक्न निर्देशन दिएका छन । मन्त्रालयले विश्व वातावरण दिवसका अवसरमा मंगलबारदेखि नेपाल स्वच्छ वातावरण महाभियानको थालनी गरेको छ ।

मन्त्री बस्नेतले महाभियानलाई शहरी क्षेत्रमात्र नभई गाउँगाउँसम्म पु¥याउने जानकारी दिएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *