‘प्लाष्टिक प्रदूषण निर्मूल पारौँ, पुनःप्रयोग गर्न नसेके बहिष्कार गरौं’

धरान, जेठ २२ । आज विश्व वातावरण दिवस विश्वभरी वातावरण पर्यावरण सम्बन्धी विविध कार्यक्रम गरी मनाइएको छ । हरेक वर्ष जुन ५ तारिकका दिन यो दिवस मनाउने गरिन्छ ।

‘प्लाष्टिक प्रदुषण निर्मूल पारौं, पुनःप्रयोग गर्न नसेके बहिष्कार गरौं’ भन्ने नाराका साथ यसवर्ष विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ । सुनसरीको धरानमा पनि बिहानै सरसफाईका सामग्री सहित धरान उपमहानगरपालिका कार्यालय देखी भानुचौकसम्म र्यालीको आयोजना गरी यो दिवस मनाइएको छ ।

¥यालीमा विभिन्न नारा लेखेका प्ले कार्ड सहितको नगरपरिक्रमा गरी धरानको भानुचौकमा पुगेर कोण सभामा परिणत भएको थियो । कार्यक्रममा धरान उपमहानगरपालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारी, विभिन्न संघसंस्थाका व्यक्तित्वहरु लगायतको सहभागीता रहेको थियो ।

विश्व वातावरण दिवस सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि जुन ५ जुन तारिखलाई विश्व वातावरण दिवसका रुपमा वर्षेनी मनाउन थालिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *