महिलामा किन आउँदैन दाह्री ? कारण यस्ताे छ

काठमाडौं, जेठ २२ ।  पुरुष र महिलामा ठ्याक्कै देखिने फरक भनेको दाह्री हो । पुरुषमा दाह्री आउने गर्छ तर महिलामा आउँदैन । महिलाको शरीर निकै सुकिलो हुन्छ । आखिर किन आउँदैन त महिलामा दाह्री ? यस विषयमा स्त्रीरोग विशेषज्ञ भोला रिजालले नयाँ पत्रिकालाई बताएका छन् :

यसकारण आउँदैन

जन्मँदै पुरुष र महिलाका ग्रन्थि फरक–फरक हुन्छ । पिट्युटरी ग्लानले सबैमा एकै किसिमले काम गर्छ । उसले जब टार्गेट अग्र्यानमा आफ्नो काम गर्न थाल्छ, त्यसपछि पुरुष र महिलामा फरक–फरक हर्मोन उकास्न थाल्छ ।

महिलाको ओभरीमा काम गरेर स्ट्रोजेन, प्रोजेस्टोरन हर्मोन उकास्न थाल्छ भने पुरुषमा टेस्टेस्टेरोन हर्मोन उकास्छ । स्टेस्टेरोन पुरुष ग्रन्थिबाट निस्कने हर्मोन हो ।

महिलामा दाह्री आएमा

यदि स्ट्रोजन, प्रोजेस्टोरेन निस्किनुपर्नेमा स्ट्रोजनको केही अंग टेस्टेस्टेरोनमा परिणत भएमा महिलामा पनि पुरुषको जस्तै रौँ आउने समस्या हुन्छ ।

यस्तो भएमा पुरुषमा हुने ग्रन्थि अंश महिलामा हुन जाने भएकाले उनीहरूमा केही पुरुषका गुण पनि देखिन्छ । जस्तो कि शरीर अलि बलियो हुने, स्वर धोद्रो हुने, शरीरमा रौँ आउने आदि । यस्तो समस्यालाई ‘हिर्सिटिजम’ भनिन्छ ।

तर, हिर्सिटिजम हुनुमा स्टेस्टेरोन बढी भएर मात्र हुँदैन । यस्तो हुनुमा आनुवंशिक गुण पनि जिम्मेवार हुन्छ । कतिपयमा प्राकृतिक कारण जस्तो– बढी प्रदूषण, भारी व्यायाम आदि पनि हुन्छ ।

महिलामा यसरी रौँ आउने समस्या भएमा उपचार गर्न सकिन्छ । सामान्य छ भने थ्रेडिङ, वाक्सिङ गरेर भुत्ला निकाल्ने गर्न सकिन्छ ।

अवस्था अलि जटिल छ र हर्मोन नै बिग्रिएको भएमा त्यसको एन्टिहर्मोन थपेर थप समस्या निम्तिनबाट रोकिन्छ ।

यस्ता महिलामा महिनावारी गडबडी, सन्तान जन्माउने क्षमतामा ह्रास आदि समस्या हुन सक्छ । त्यसैले यस्तो समस्या समाधान गर्न जरुरी हुन्छ ।

सामान्यतया महिलामा १२–१३ वर्षपछि महिनावारी हुन्छ । यस्ता महिलामा डिम्ब निस्कनै पाउँदैन । या भनौँ डिम्ब निस्कने क्रम रोकिन्छ । कतिपय महिलामा ओभम पनि फुटेर जान्छ । जसका कारण उनीहरूमा पुरुषत्वको गुण बढेर जान्छ । नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *