डा.अरुण कुमार सिंहको कमाईको २५ प्रतिशत रकम बालबालिकालाई

धरान, जेठ २१ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थित बालरोग विभागका एसिस्टेन्ट प्रोफेसर डा अरुणकुमार सिंहले आफुले आर्जन गरेको २५ प्रतिशत रकम गरिब, असहाय बालबालिकाको स्वास्थ्य र शिक्षा क्षेत्रमा खर्च गर्ने घोषणा गरेका छन् ।

प्रतिष्ठानद्वारा सञ्चालित पेयिङ क्लिनिकबाट आफूले पाउने दैनिक आम्दानीको २५ प्रतिशत रकम बालबालिकाको स्वास्थ्य र शिक्षा क्षेत्रमा खर्च गर्ने डा सिंहले लिखित रुपमै घोषणा गरेका हुन् ।

पत्रकारहरुसंगको भेटमा डा. सिंहले एक वर्षअघि देखि धरानका बिभिन्न चोक र गल्लीमा भेटिने सडक बालबालिकालाई आफैँ भेटेर सातामा एकदिन नियमित स्वास्थ्य उपचार सेवा दिँदै आएको र अबको दिनमा आफू पूर्ण रुपमा एशिस्टेन्स प्रोफेर भईसकेकोले आफूले अब गरेको कामबाट हुने कमाईको २५ प्रतिशत बालबालिकाको स्वास्थ्यमा खर्च गरिने बताए ।

पाकिस्तानको लाहोरस्थित किङ एडवार्ड मेडिकल युनिभर्सिटीबाट बालरोग विशेषज्ञता हासिल गरेका डा. सिंहले प्रतिष्ठानको सह प्राध्यापकमा पदोन्नति भएसँगै सो अवसर पाएका हुन् ।

सिंहले कुनै गैर नाफामुखी सामाजिक संघसंस्थाले बालरोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गर्न चाहेमा आफनो बिदाको दिन सेवा दिन तयार रहेको समेत बताएका छन् ।

साथै उनले बालबालिकाका रोगबारेमा चाँडै नै एउटा पुस्तक निकाल्ने तयारी समेत गरेको जानकारी दिएका छन् । जसले गर्दा सर्बसाधारण बिरामीदेखी बिरामीका अभिभावकहरुलाई समेत बालबच्चा हुर्काउन तथा रोगबाट बचाउन सहयोग मिल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *