ग्वाटेमालामा ज्वालामुखी विस्फोटः २५ जनाको मृत्यु

“
काठमाडौ, जेठ २१ । ग्वाटेमालामा ज्वालामुखी विस्फोटन हुँदा २५ जनाको मृत्यु भएको छ । विस्फोटमा सयौँ मानिसहरु घाइते भएका छन् । ग्वाटेमालाका सरकारी अधिकारीहरुका अनुसार ज्वालामुखीबाट करिब १७ लाख मानिस प्रभावित भएका छन् ।
राजधानी ग्वाटेमाला सिटीबाट करिब ४० किलोमिटर टाढा दक्षिण–पश्चिममा ज्वालामुखी विस्फोट भएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।
ग्वाटेमालाको राष्ट्रिय विपद् व्यवस्थापन विभागका अनुसार ज्वालामुखी विस्फोटबाट आएको ‘लाभा इल रोडियो’ गाउँमा प्रवेश गर्दा त्यहाँका घर नष्ट भएका थिए र मानिसहरुको त्यही मृत्यु भएको थियो ।
ग्वाटेमालाका राष्ट्रपति जेम्मी मोरालेसले राष्ट्रिय संकटकाल घोषणा गरी प्रभावितहरुको उद्दार गर्न निर्देशन दिएका छन् ।
ज्वालामुखी विस्फोटबाट निस्किएको खरानीका कारण राजधानीको विमानस्थलसमेत बन्द गरिएको छ ।
यो ज्वालामुखी विस्फोटलार्इ सन् १९७४ पछिकै सबैभन्दा ठूलो विस्फोट भनिएको छ ।
“








